नमूना पशु अस्पताल निर्माण शुरु
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले नमूना पशु अस्पताल निर्माण शुरु गरेको छ । कार्यालयमार्फत बोलपत्र आह्वान गरी निर्र्माण कम्पनीसँग ठेक्का सम्झौता पश्चात् अस्पतालको भवन निर्माण अघि बढाइएको हो ।
डेढ वर्षभित्र सम्पन्न गर्ने गरी इको बिल्र्डस प्रालि। चितवनले निर्माणको जिम्मा पाएको पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिए।
पहिलो चरणमा सेमी ढलानसहितको तीन तले भवन निर्माण गर्न लागिएको हो । उनले भने,“बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको छ ।” नेपालको ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण हुन लागेको हो । गण्डकी प्रदेश सरकारको रु दश करोडको लागतमा कार्यालय परिसरमा रहेको ६०५.४४ मिटर क्षेत्रफलमा अस्पताल निर्माण शुरु गरिएको छ ।
अस्पतालको भवन निर्माण पश्चात् आधुनिक उपकरण जडान गरिनेछ । उनले भने,“व्यवस्थित प्रयोगशाला, भिडियो एक्सरे, एक्सरेको साथसाथै प्रविधिक जनशक्ति व्यवस्था गरिने छ ।” दमौलीमा पशु अस्पताल बनेपछि छिमेकी जिल्ला गोरखा, लमजुङलगायतका आसपास क्षेत्रमा सेवा पु¥याउन सकिनेछ । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई केन्द्र विन्दुमा राखिएको डा श्रेष्ठले बताए ।
पशुमा लाग्ने महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले उत्पादन वृद्धि गर्न सकिनेछ । देख्दा नदेखिने जुका, माटे जस्ता रोगले दूध तथा मासु उत्पादन घटाइरहेका हुन्छन्, हामीलाई थाहा हुदैन् । उनले भने, “रोग पहिचान गरी समयमा औषधि उपचार गर्न सकिए किसानको आम्दानीमा वृद्धि हुनेछ ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस