३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण
महोत्तरी जिल्लाको तीन वटा पालिकालाई आज कोरोना विरुद्ध जीवन रक्षाका लागि एक संस्थाले ३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
विश्वसहित नेपालमा पनि पछिल्लो समय कोरोनाको तेस्रो लहर भेटिएपछि सेभ द चिल्ड्रेनको सहयोगमा रतौली युवा क्लब महोत्तरीले जिल्लाको जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकालाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । सेभ द चिल्ड्रेनको सम्मुनति कार्यक्रम अन्तर्गत रतौली युवा क्लबले कोरोनाको तेस्रो लहर विरुद्ध पूर्व तयारीका लागि जलेश्वर नगरपालिकालाई रु १५ लाख, लोहारपट्टी नगरपालिकालाई सात लाख र पिपरा गाउँपालिकालाई १३ लाखका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सो संस्थाले पालिकालाई अक्सिजन ग्यास सिलिण्डर, अक्सिमिटर, स्यानिटाइजर, मास्क, ग्लोब्सलगायत २२ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ । रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीले तीन वटै पालिकाका प्रमुखलाई सबै स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस