कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित हुने
कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको जोखिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए ।
भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को तेस्रो लहरको जोखिम पनि बढिरहेकाले परीक्षा स्थगन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको उल्लेख गरे ।
‘निकट भविष्यमा सञ्चालन हुन गईरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ’ उनले भनेका छन् । कक्षा १२ को परीक्षा साउन ३१ भदौ ९ सम्म हुने गरी तालिका सार्वजनिक भएको थियो ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस