मजदुरको ज्याला लुटेर फरार व्यक्ति नौ वर्षपछि पक्राउ
मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक व्यक्ति नौ वर्षपछि पक्राउ परेका छन् । विसं २०६९ मा सडक कामदारको रु आठ लाख ५१ हजार ५०० ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो ।
कामदारलाई वितरणका लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम भोजपुर नगरपालिका–२ हेलौँछाको जङ्गलबाट लुटेर विश्वकर्मा फरार भएको प्रहरीले जनाएको छ । विसं २०७३ मा जिल्ला अदालत भोजपुरले विश्वकर्मालाई छ वर्ष कैद र रु १२ लाख ७७ हजार २५० जरिवानाको फैसला गरेको थियो । फैसला तोकिएका विश्वकर्मालाई झापाको बेलडाँगीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो । विश्वकर्मालाई कैद भुक्तानका लागि आइतबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस