मुख्यमन्त्री पौडेलद्धारा २ सय शैयाको अस्पताल भवन शिलान्यास
मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार हेटौंडा अस्पतालमा २ सय सैयाको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान द्वारा संचालित हेटौंडा अस्पतालमा थप २ सय सैयाको भवन प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको लागनीमा निमार्ण गर्न लागिएको हो । कुल २२ करोड ८६ लाख ३१ हजार ३ सय ६६ रुपैया लागतमा बन्न लागेको ६ तल्ले भवनको ठेक्का असार १८ गते नै विकेओआइ र नव श्रीजनशिल निर्माण कम्पनिसंग गरिएको छ । कुल लागत अनुमान भन्दा २६ प्रतिशत कम लागतमा ठेक्का सम्झौता भएको छ ।
उक्त भवन ३ भागमा बन्ने छ । भवन आगामी २ वर्षभित्र निर्माण कार्य सम्पन्न गरी अस्पताललाई २०८० पुष भित्र हस्तान्तरण गर्ने लक्ष्य राखिएको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव सञ्जिव बरालले बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान द्वारा संचालित हेटौंडा अस्पताललाई निकट भविस्यमा पाँच सय बेडको बनाउने बताए ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय हेटौंडाले अस्पतालको भवनको आज शिलान्यास गरिएको हो । हेटौंडा अस्पतालमा निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले भने ः ‘दुइ वर्ष भित्रमा अस्पताललाई स्तरबृद्धी गरेर पाँ सय बेड सम्मको वनाउँछौं त्यसपछी सबै भवनहरु निर्माण भइसकेपछी यसलाई नौ सय बेड सम्मको बनाउने छौं ।’
हेटौंडामा स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गरिएको मुख्यमन्त्री पौडेलले बताए । पहिले हेटौंडा अस्पतालबाट धेरै विरामी रिफर हुने भएपनि अब भने बाहिरी जिल्लाबाट बिरामीहरु रिफर भएर हेटौंडा अस्पताल आउने वातावरण सृजना गर्ने उनको भनाइ छ । प्रदेश सरकारले सञ्चालन गरेका अस्पतालमा निकै परिवर्तन भएको बताउँदै उनले भने ः ‘अस्पतालहरुमा आइसीयु, एचडीयु, भेन्टीलेटर सहितको सेवा दिन सकेका छौं । अझै प्रतिष्ठानका रुपमा काम गर्न थालिएपछी उच्च स्तरको सेवा दिइरहेका छौं ।’
हेटौंडा अस्पताललाई प्रदेशकै गहनाको रुपमा अगाडी वढाउने उनले बताए । निर्माण कम्पनिलाई भवन निर्माणको काम छिटो सकेर पुरस्कार लिनका लागि समेत उहाँले आग्रह गरेका छन् । निर्माण कम्पनिले गरेका काम समयमै नसक्दा सरकार बदनाम हुने गरेकाले समयमै सक्नका लागि मुख्यमन्त्री पौडेलले निर्देशन समेत दिए ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले आफुहरु कुरा होइनकी काम गरेर देखाउन लागिएको बताएका छन् । प्रदेश सरकारले भवन निर्माण र सडक निर्माण मुख्य प्राथमिकता दिएर काम गरेको बताउँदै, बागमती प्रदेशमा सुरुङ युगको सुरुवात गरेर काम गरिएको उनको भनाइ रहेको थियो ।
भौतिक वूर्वाधार विकास मन्त्रालयका सचिब सञ्जिब बरालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री शरस्वती बस्नेत, राज्यमन्त्री रामकुमार अधिकारी, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलीया लगायतकाको आतिथ्यता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस