थप ४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ४१०७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२७९ जना र एन्टिजन परिक्षण गर्दा ११३२ जना गरि जम्मा ४१०७ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका कोरोना संक्रमितमध्ये भक्तपुरका २०६ जना, ललितपुरका १६५ र काठमाडौंका ९०८ जना रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १५३५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३५ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा कोरोना संक्रमणदर २६.२ प्रतिशत रहेको जानकारी दिए । उनले कोरोना संक्रमणदर बढेसँगै अस्पताल आउनेको संख्या थपिएको बताए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस