निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत गैँडा भेटियो
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा पर्ने नमूना मध्यवर्ती सामुदायिक वनमा मृतावस्थामा पोथी गैँडा फेला परेको हो ।
सो सामुदायिक वनको पश्चिमतर्फको गेटमा करिब ३०–३५ वर्षको पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । मृता गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीको भनाइ छ । मृत गैँडाको प्रकृति हेर्दा रोगी र कमजोर देखिएको तथा वनमा लगाइएको झट्का दिने करेन्टमा परी लडेर मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारीले जानकारी दिए। नवलपुरमा बुधबार भेटिएको मृत गैँडासँगै चालु आव २०७८र७९ मा चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस