पाँच महिनामै सकियो गुम्बाको पुनःनिर्माण
पुनःनिर्माण थालेको बौद्व गुम्बा पाँच महिनामै सम्पन्न गरिएको छ । भूकम्पले क्षति पु¥याएको बागलुङ नगरपालिका–११ रायडाँडास्थित शान्ति बौद्ध बिहार गुम्बा पुनःनिर्माण प्रारम्भ गरेको पाँच महिनामै सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालयले जनाएको छ ।
विसं २०७२ को भूकम्पले क्षति पु¥याएको उक्त बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न शुरु गरेको थियो । रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति बौद्व बिहारको साझेदारीमा पुनःनिर्माण गरिएको हो ।
विसं २०६२ मा स्थापना गरिएको उक्त गुम्बा २०७० मा विधिवत दर्ता भएर सञ्चालनमा आए पनि २०७२ को भूकम्पले क्षति पु¥याएको थियो । बागलुङ–११ रायडाँडाको वडा कार्यालयको निरन्तरको पहलमा गुम्बा पुनःनिर्माण गर्न प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा सम्झौता गरेको थियो ।
जिल्लामा निजी आवास, सडक, एकीकृत बस्ती तथा पुल पुनःनिर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले यसपटक बौद्व गुम्बाको पुनःनिर्माण गरेको बागलुङका एकाइ प्रमुख रेणुका पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार रु ६१ लाखको लागतमा ८०० वर्गमिटर गुम्बा निर्माण गरिएको हो । रु ६१ लाखमध्ये प्राधिकरणले रु ४० लाख र रु २१ लाख स्थानीय गुम्बा व्यवस्थापन समिति तथा श्रमदानबाट जुटाएर निर्माण गरिएको हो ।
एक भिक्षुले नियमित पाठपूजा गर्दै आएको उक्त गुम्बा भूकम्पले क्षति पु¥याएपछि जीर्ण अवस्थामा रहेकाले पुनःनिर्माणका लागि पहल थालिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्पप्रतिरोधी नयाँ गुम्बा निर्माण गरिएको शान्ति बौद्ध बिहार राडयाडाँडाका निर्माण समितिका अध्यक्ष रणबहादुर थापाले जानकारी दिनुभयो ।
पहिला सानो ढुङ्गा माटाको गुम्बा भत्किएका कारण पुनःनिर्माण गरिएको हो । गुम्बा निर्माणका लागि अपुग रु २१ लाख रकममध्ये केही जनश्रमदान, केही गुम्बा व्यवस्थापन समितिबाट जुटाइएको र रु १० लाख बजेट अपुग भएकामा सरसापट गरेर सम्पन्न गरिएको हो । कोरोना महामारी हटेपछि उक्त अपुग भएको बजेट जुटाइने बागलुङ–११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । नयाँ निर्माण गरेको गुम्बामा पुरानो गुम्बामा रहेको बुद्धको मूर्ति प्रतिस्थापन गरिने निर्माण समितिले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस