इच्छा विपरित विवाहको कुरा चलाएपछि साथीको सहारामा
विवाहको कुरा चलाएपछि सुनसरीको दुहवी नगरपालिका– ८ सोनापुरकी एक युवतीले साथीको शरणमा पुगेकी छन् । परिवारमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाइएपछि स्थानीय खदिजा खातुन घर छाडेर साथीको शरणमा पुगेकि हुन् ।
आफूलाई कक्षा ७ सम्म मात्रै पढाएको परिवारले पठनपाठबाट वञ्चित गरेको पछिल्लो समय वैशाखमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाएपछि असार दोस्रो हप्तादेखि घर छाडेर सुरक्षित साथ साथीको शरणमा पुगेको खदिजाले बताइन् ।
परिवारले प्रहरीसम्म उजूरी गर्नका लागि गएको सूचना पाएपछि खदिजाले विरानगरमा साथी कहाँबाट भिडियो र पे्रश विज्ञप्तिमार्फत आफू सुरक्षित रहेको सार्वजनिक गरेको खजिाले जानकारी दिइन् । परिवारले मावि र उच्च शिक्षासम्म पढ्नबाट वञ्चित गरेको अरोप लगाउँदै खदिजाले विवाह पनि आफूले चाहेको भन्दा अर्कैसँग इच्छा विपरीत गर्न खोजेकाले सुरक्षाका लागि साथीको शरणमा पुगेको बताइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस