१५६ विद्यालय भवन पुनःनिर्माण
गोरखा भूकम्पले क्षति पु¥याएका १५६ विद्यालय भवन पुनःनिर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले क्षति बनाएको १३१ विद्यालयका ती नयाँ भवन बनेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाइ (शिक्षा) प्रमुख अशोक पराजुलीले जानकारी दिए ।
उनले भने, “हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको छ । ” जिल्लामा ६९ शौचालय पुनःनिर्माण गर्नुपर्नेमध्ये ६८ सम्पन्न भएको छ ।
यसैगरी ३६ खानेपानी धारा पुनःनिर्माण गर्नुपर्नेमध्ये ३४सम्पन्न भएको छ । जिल्लामा विद्यालय भवन, शौचालय र खानेपानी गरी २६८ बनाउनुपर्ने मध्ये २५७ सम्पन्न भएको जनाइएको छ । उनले भने, “हामीले जिल्लामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा सकाउने लक्ष्य राखे पनि बर्खायाममा विभिन्न ठाउँमा भत्किएको बाटो र विद्युत्को समस्याले निर्माण सम्पन्न हुनसकेन । अब आगामी कात्तिक महिनाभित्र सबै काम सम्पन्न गर्नेछौँ । ” आर्थिक वर्ष २०७३÷०७४ मा विद्यालय भवन पुनःनिर्माण शुरुआत भएको थियो ।
उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेको थियो । जिल्लामा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमध्ये ती विद्यालयका भवनमा भूकम्पले क्षति पु¥याएको थियो । सबै योजना विद्यालय व्यवस्थापन समितिमार्फत पुनःनिर्माण भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस