बाजुरामा निमोनियाका बिरामी बढे
जिल्ला अस्पताल बाजुरा निमोनियाका बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक १५ देखि ३० जनासम्म बालबालिका निमोनियाका बिरामी आउने गरेको अस्पतालका प्रमुख डा प्रकाश जोशीले बताए ।
निमोनिया जस्तो लक्षण देखापरेको बच्चाहरुको अक्सिजनको सहारामा उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका डा जोशीको भनाइ छ । हाल अस्पतालमा १३ बालबालिकाको उपचार भइरहेको छ । सबै बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोरोना सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।
केही दिनअगाडि कोरोना हो कि भन्ने शङ्कामा जिल्ला अस्पतालमा भर्ना भएका १३ बालबालिकाको स्वाब सङ्कलन गरी डोटी प्रयोगशालामा पठाउँदा एक जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
कतिपय बच्चा सामान्य रहेको भए पनि धेरै बच्चा भने जटिल अवस्थामा रहेकाले अक्सिजनको सहारा दिनुपरेको अस्पतालले जनाएको छ । जिल्लाका स्वास्थ्य संस्था तथा अस्पतालमा पनि निमोनियाका बिरामी उपचारमा आउने गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस