कोरोना सङ्क्रमित बढ्दै
उदपुर / जिल्लामा साउनको दोस्रो हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेर दुई सय पाँचमा झरेकामा तेस्रो हप्तामा आइपुग्दा ह्वात्तै बढेर ३१५ पुगेको छ । एक हप्ताका बीचमा सङ्क्रमित एक सयभन्दा बढी भएका छन् । स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित त्रियुगा, दोस्रो चौदण्डी र तेस्रो बेलका नगरपालिकामा रहेको कार्यलय प्रमुख मोहन सुवेदीले बताए । लिम्चुङ्बुङ र ताप्ली गाउँपालिकामा पनि सङ्क्रमित बढिरहेको उनको भनाइ थियो ।
घटेर शून्यको अबस्थामा झरिसकेको सङ्क्रमण एक हप्तामै पुनः तीव्ररूपमा बृद्धि हुन थालेकाले त्रियुगा–२को खैजनपुर गाउँ शिल गरिएको छ, जहाँ १५ सङ्क्रमित छन् । मालपोत कार्यलय, त्रियुगा र गाइघाटस्थित सिभिल बैङ्कका कर्मचारीमा समेत सङ्क्रमण देखिएकामा मालपोत भने एक हप्ताको लागि बन्द गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ४३ पुगेकामा ३१५ उपचारत छन् भने ५२ को मृत्यु भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस