नेपाली बजारमा नयाँ जेनेरेशन हुन्डाई आई २० सार्वजनिक
हुन्डाई आई २० को नयाँ जेनेरेशन नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालको लागि नयाँ जेनेरेशन हुन्डाई आई २० सार्वजनिक गरेको हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ । कम्पनीले फेसबुक लाइभमार्फत भर्चुअल माध्यमबाट यूरोपियन डिजाइनमा तयार भएको सो कार सार्वजनिक गरेको हो ।
नयाँ जेनेरेशन आई २० मा १.२ लिटर क्षमताको कप्पा इन्जिन दिएको छ जुन इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर र ४००० आरपीएममा ११४ एनएम टर्क प्रदान गर्नेछ । सो ह्याचव्याकमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ भने सुरक्षाको लागि सो कारमा ड्यूल एयरव्याग, एबीएस, इबीडी, आपतकालीन स्टप सिग्नल र टायर प्रेसर मोनिटरिङ यसमा पाउन सकिन्छ ।
उक्त कारमा ठूलो ग्रिल, प्रोजेक्टर हेडल्याम्प, स्लीक लुकिङ ग्लास, सार्क फिन एन्टेना, जेड आकारको एलइडी टेल ल्याम्प, १६ इन्च डायमण्ड कट अलोय ह्वील जस्ता विशेषता पाउन सकिन्छ । यस्तै प्रिमियम सिट, व्ल्याक करल इन्टेरियर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्वील, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पनि पाउन सकिने कम्पनीले जनाएको छ ।
फ्रेमरहित ग्रिल र सि पिल्लरयुक्त क्रोमका कारण यो ह्याचव्याक पहिलेको तुलनामा थप स्पोर्टी र आकर्षक देखिएको छ । आई २० दुई भेरियन्टमा नेपाली बजारमा उतारेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालमा सो कारको मूल्य ३६ लाख ९६ हजार र स्पोर्टज् भेरियन्टको मूल्य ४१ लाख ९६ हजार तोकेर विक्री सुरु गरिएको छ । नेपालमा हुन्डाई आई २० आकर्षक र उत्कृष्ट डिजाइनको लागि निकै प्रख्यात मोडल हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस