किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग
चीनसँग सीमानाका जोडिएको सङ्खुवासभाको किमाथाङ्का मार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ । नेपाली कांग्रेसका नेता दीपक खड्काको नेतृत्वमा आज सङ्खुवासभावासीले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटगरी पूर्वी पहाडी जिल्लाका बासिन्दालाई चाँडै खोपको सुनिश्चितता प्रदान गर्न आग्रह गरेका हुन् ।
“तेस्रो चरणको कोरोना आउनुपूर्वनै सङ्खुवासभाका सबै स्थानीय तहका जनताले खोप प्राप्त गर्नुपर्छ, किमाथाङ्काबाट कोरोना खोप ल्याउन लाग्ने हेलिकोप्टर ढुवानी म आफू बेहोर्छु”, उनले भने ।
नेता खड्काले दुवै चरणको खोप लगाएका जनतालाई निर्वाधरूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न, कोरोनाको बहाना देखाएर बन्द रहेका सबै सरकारी कार्यालयका कर्मचारीलाई खोप प्रदान गरेर सञ्चालन गर्न र दुवैमात्रा खोप लगाएका पर्यटकलाई निर्वाधरूपमा मुलुकमा घुम्ने वातावरण निर्माण गर्न आग्रहसमेत गरे ।
सो अवसरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकार तेस्रो चरणको कोरोना महामारीका बारेमा सचेत रहेको र यसका लागि आवश्यक गृहकार्य थालिसकेको जानकारी दिए । उनले पाँच करोड २२ लाख डोज खोप सुनिश्चित गरेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस