मन्त्री गुरुङद्धारा लापिलाङ पहिरोको स्थलगत अवलोकन
चरिकोट । दोलखाको कालिन्चोक गाउँपालिका–५ लापिलाङमा गएको पहिराको आज महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले स्थलगत अवलोकन गरेका छन्।
उनि आज राहत सामग्रीसहित पहिराको स्थलगत निरीक्षण गर्न लापिलाङ पुगेका थिए । मन्त्री गुरुङले पहिराको अवलोकन गर्नुहुँदै पहिरो पीडित परिवारलाई खाद्यन्न सामग्री वितरण गरे। उनले लगातार वर्षा भइरहेको र पहिराको जोखिम कम नभएका कारण सुरक्षित स्थानमा बस्न तथा बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलाई निर्देशन दिए । पहिराको क्षतिको विवरण सङ्कलन गरी सरकारले राहतको व्यवस्था मिलाउने र तत्कालका लागि सुरक्षित स्थानमा वस्न पीडितलाई मन्त्री गुरुङले आग्रह गरे ।
लापिलाङ रानीवनमा गत साउन १९ गतेदेखि लगातार पहिरो गइरहेको र नरोकिएका कारण ठूलो क्षति पुगेको छ । हालसम्म मानवीय क्षति नभए पनि २४ घर पूर्णरुपमा क्षतिग्रस्त छन् । दुई सय घरपरिवार विस्थापित भएका छन् । विस्थापति परिवारलाई गाउँपालिकाले नजिकैको विद्यालय तथा सुरक्षित स्थानमा सारेको छ ।
प्रदेशसभा सदस्य पशुपति चौलागाइँले तत्काल सुरक्षित रहन आग्रह गर्दै पहिरो रोकथाम तथा बस्ती स्थान्तरण गरेर पुनःनिर्माणका लागि प्रदेश सरकारको ध्यानआकर्षण गरिएको बताए । पहिरो अवलोकनमा पूर्वमन्त्री आनन्द पोखरेल, प्राविधिक लगायतको टोली थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस