• जीवनशैली | Jiwanshaili
  • भुटानबाटआइपुग्यो २ लाख ३० हजार डोज एस्ट्राजेनेकाको खोप


    भुटान सरकारले दिएको २ लाख ३० हजार एष्ट्राजेनेकाको खोप काठमाडौं आइपुगेको छ। भुटानको ड्रुक एयरलाइन्सले शुक्रबार बिहान खोप नेपाल ल्याएको हो। भुटानले विभिन्न मुलुकबाट ल्याएको खोप आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी रहेको खोप नेपाललाई दिएको हो।

    यसअघि परराष्ट्र मन्त्रालयले भुटानबाट सापटीमा खोप ल्याउन लागेको जनाएको थियो। भुटानका ९५ प्रतिशत बढीलाई पूर्णखोप लगाइसकेपछि बाँकी रहेको खोप नेपाल ल्याइएको हो।

    भुटानबाट आएको खोप नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका जेष्ठ नागरिकलाई दिइने खोप शाखाले जनाएको छ।

    भुटानमा अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत ५ लाख मोडर्ना, ५ हजार ८ सय ५० डोज फाइजर, १ लाख ५० हजार एस्ट्राजेनेका, क्रोयसिया, बुल्गेरिया र अन्य केही मुलुकबाट एस्ट्राजेनेकाकै १ लाख, कोभ्याक्स सुविधाअन्तर्गत सिनोफार्मको ५० हजार डोज भित्रिएको थियो


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस