छोराछोरीको परीक्षाको परिणाम आएको दिन नगर्नुस् यी ७ व्यवहार
आफ्ना सन्तानको स्वभाव र मनस्थितिबारे अभिभावकहरू परिचित हुन्छन्। तर कहिलेकाहीँ उनीहरू सतर्क हुनुपर्छ। तनाव उच्च हुने सम्भावना भएका बेला अभिभावकहरू चनाखो हुनुपर्छ।
छोराछोरीको परीक्षाको परिणाम आएको दिन कसरी व्यवहार गर्ने त?
१. अन्य बालबालिकाहरू या आफ्नै सन्तानबीच सँग तुलना नगर्नुहोस्
तपाईंले आफ्ना साथी, नातेदार, सहकर्मी, दाजुभाइ , आफ्नै सन्तानबीच आदिबाट तिनका छोराछोरीले एसईईमा वा १०+२ मा ल्याएको नतिजाबारे थुप्रै कुरा सुन्नुहुनेछ। तपाईँलाई पनि आफ्ना छोराछोरीको कुरा गर्न मन लाग्न सक्छ। तर अरूलाई यी कुरा भन्ने काम सधैँ फलदायी नहुन सक्छ।
किशोरावस्थामा भएका तपाईँका छोराछोरीलाई अरूको नतिजाबारे थाहा छ कि छै वा उनीहरू थाहा पाउन चाहन्छन् कि चाहँदैनन्? तपाईँले यस विषयमा सोच्नुपर्छ। आफ्नो तुलना हुँदा उनीहरूलाई दिक्क लाग्न सक्छ। त्यसैले धेरै उत्साहित भएर वा प्राथमिकता दिएर अरूको नतिजा सुनाएर छोराछोरीलाई नराम्रो अनुभूति नगराउनुहोस्।
२. आफ्नो पालाको कुरा नसुनाउनुहोस्
अहिले जमाना फेरिएको छ। एसईई होस् वा १०+२ मा, तपाईँले प्राप्त गर्ने ग्रेड सुन्न कसैलाई रुचि हुँदैन। अहिले विद्यालयस्तरीय परीक्षाको परिणाम सुन्ने विद्यार्थीहरू जटिल विश्वमा के कसरी अगाडि बढ्ने भन्दै सोचिरहेका हुन्छन्।
उनीहरू थप शैक्षिक विकल्प वा आफ्नो शैली नै फेरेर आफूलाई प्रमाणित गर्न खोज्छन्।’जीवनभरि एउटै काम गर्ने’ भन्ने कुरा अहिले सेलाइसकेको छ। अहिले स्कूल सक्ने विद्यार्थीहरू आफ्ना रुचिका जुनसुकै क्षेत्रमा आफूलाई निखार्दै अब्बल हुन सक्छन्।
त्यसले आफ्ना पुराना स्मृतिलाई परिणाम प्रकाशित भएको दिनमा भावनात्मक रूपबाट साट्दा त केही नहोला, तर आफ्नो समयको जस्तो उही शैली र अपेक्षा चाहिँ गर्नुहुँदैन।सन्तानले मार्गदर्शन खोज्दा तपाईँलाई थाहा छैन भने बरु त्यो सोधखोज गरेर उनीहरूलाई निर्णय लिन सघाउनुपर्छ।
३. नकारात्मक कुरामा जोड नदिनुहोस्
कहिलेकाहीँ उनीहरूले आशा गरेको नतिजा नआउन सक्छ। परिणाम आएको दिन उनीहरूले जेजति गरे त्यसको मूल्याङ्कन गर्ने वा उनीहरूसमक्ष भएका अन्य विकल्पबारे चर्चा गर्नु उचित हुन्छ।
जुनसुकै अवस्थामा पनि नकारात्मक कुरा सजिलै उठ्न सक्छ। तर सकारात्मक कुराको मूल्याङ्कन गर्दा तपाईँका सन्तानलाई अर्को चुनौती सामना गर्न सहयोग पुग्छ। कठिन समयमा समेत आशावादी हुन सन्तानलाई सिकाउने हो भने उनीहरूलाई सकारात्मक भइरहन उत्प्रेरित गर्नुहोस्।
४. ठूलो परिदृश्यलाई बेवास्ता नगर्नुहोस्
प्राप्ताङ्कले तपाईँका छोराछोरी को हुन् भन्ने चिनाउँदैन। प्रतिस्पर्धी अहिलेको विश्वमा छोराछोरीले राम्रो अङ्क ल्याऊन् लाग्नु स्वाभाविक हो।
तर नतिजा आएको दिन जेजति अङ्क आउँछ त्यो फेरिँदैन हुन्छ। त्यसैले तपाईँले दृष्टिकोण स्पष्ट पार्न सघाउनुभयो भने उनीहरू आफ्नो योजनामा प्रतिबद्ध हुन सक्छन्।
५. एउटै विकल्प वा पूर्वनिर्धारित योजनामा मात्र अडिग नरहनुहोस्
परिणाम आएको दिन भविष्यको बाटो पहिल्याउने काम सन्तानका लागि कठिन भइदिन सक्छ। क्याम्पस वा विश्वविद्यालय छान्ने, व्यावसायिक सीप सिक्ने जस्ता वा कतै केही कामको अनुभव लिएर अगाडि बढ्ने जस्ता अनेकौँ विकल्प हुन सक्छन्।
कहिलेकाहीँ परिणामअनुसार उनीहरूले आफ्नो मन परिवर्तन गर्ने काम अस्वाभाविक होइन। तर नआत्तिनुहोस् समय र अवस्थाअनुसार आफूलाई अनुकूल बनाउन सक्नु उनीहरूका लागि स्वस्थकर पनि हुन सक्छ। नतिजाको दिन तपाईँले अझ पूर्वतयारी नै गर्नुभयो भने उनीहरूलाई जीवनमा सफल हुने कहिल्यै एउटा बाटो मात्र हुँदैन भन्ने बुझाउन सहयोग गर्छ। कहिलेकाहीँ कलेज जानेभन्दा पनि कुनै व्यावसायिक काम वा अनुभव सिक्ने कुरा महत्त्वपूर्ण हुन सक्छ।
६. खिल्ली नउडाउनुहोस्
तपाईँलाई लाग्नसक्छ – व्यवस्थापन पढेका विद्यार्थीहरूले व्यावसायिक जीवनमा गरेका प्रगतिका विवरणबाट आफ्ना सन्तान पनि प्रेरित होऊन्।तर उनीहरूको रुचि नै मानविकी क्षेत्रमा हुन सक्छ।
तपाईँ उनीहरूको अभिभावक भएकाले उनीहरूको उच्चतम हित खोज्नुहुन्छ। तपाईँको जिम्मेवारी उनीहरूलाई घरेलु यथार्थ बुझाउनु पनि हो। त्यो भनेको उनीहरूलाई आफ्नो वास्तविक रुचि बुझ्न सघाउनेदेखि कहिलेकाहीँ उनीहरूलाई गल्ती गर्न दिनु पनि हो।
तपाईँ आफ्नो धारणालाई केही बेर हाबी हुन नदिएर उनीहरूकै दृष्टिकोणबाट यथार्थपरक लक्ष्य राख्ने जिम्मा उनीहरूलाई नै छाड्नुहोस्।
७. सहानुभूति दिन नबिर्सनुहोस्
उनीहरू तपाईँबाट आशा गरिरहेका हुन्छन्। अरूबाट पाउने प्रशंसाबाहेक तपाईँका शब्दको विशेष अर्थ हुन्छ।
त्यसैले उनीहरूलाई आफू पनि त्यस्तो अवस्थाबाट अगाडि बढेको भन्दै नतिजाका बेलाको चिन्ता र उत्साहलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुहोस्।सफलता र पाठहरूको समीक्षा गर्दै खुसी मनाउनुहोस्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस