• जीवनशैली | Jiwanshaili
  • बालाजु औद्याेगिक क्षेत्रमा भीषण आगलागि, नेबिकाे बिस्कुट फ्याक्ट्रीमा ठूलाे क्षति


    काठमाडाैे साउन २३ । काठमाडाैेकाे बालाजु औद्याेगिक क्षेत्रमा भीषण आगलागि भएकाे छ । औद्यागिक क्षेत्रभित्र रहेकाे नेबिकाे बिस्कुट फ्याक्ट्रीबाट आगलागि शुरु भएकाे हाे । आगलागिकाे कारण खुल्न सकेकाे छैन । गए राति करिब २ बजेर ३० देखि शुरू भएकाे आगलागि अझै नियन्त्रणमा आउन सकेकाे छैन ।

    आगाे नियन्त्रणका लागि काठमाडाैं र ललितपूर महानगरपालिकाका सबै बारूणयन्त्र खटिएका छन् । आगाे नियन्त्रणमा आउन नसकेपछि सेनालाई पनि बाेलाइएकाे छ । नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र  प्रहरी लगायतका टाेली का साथै  विमानस्थल स्थित नागरिक उड्डययन प्राधिकरणकाे दमकल तथा  सिम्रिक हेलिकप्टर पनि आगाे नियन्त्रणमा जुटेकाे छ ।

    आगाे नियन्त्रणका लागि भत्तपूर, किर्तिपूर लगायत काठमाडाैं उपत्काका सबै नगरपालिकका बारुण यन्त्र बालाजु पुगेका छन् ।

    आगालिगबाट नेबिकाे बिस्कुटकाे प्लान्ट र गाेदाम पूर्ण क्षति भइसकेकाे जनाइएकाे छ । नेबिकाे बिस्कुटमा ५० कराेड भन्दा बढीकाे क्षति भएकाे अनुमान गरिएकाे छ । आगाे नियन्त्रणमा आइनसक्दा क्षतिकाे यकिन अनुमान अझै लगाउन सकिएकाे छैन ।

     

     

     

     

     

     

     

     

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस