• जीवनशैली | Jiwanshaili
  • नियन्त्रणमा आयो बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो


    काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । राति दुई बजेदेखि लागेको आगो भर्खरै नियन्त्रणमा आएको हो । आगो निभाउन हेलिकप्टरसँगै दमकल र पानी ट्यांकर प्रयोग गरिएको थियो । काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा आगो लागेको हो । आगलागीका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस