बाढीका कारण मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन माग
राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकमा बाढीका कारण मृत्यु भएका मृतक र बेपत्ता परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।
सो पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरासहितको टोलीले आज बाटुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाललाई ज्ञापनपत्र बुझाउँदै सिन्धुपाल्चोकका पाँचपोखरी गाउँपालिका, हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा आएको भिषण बाढी क्षेत्रका पीडित परिवारलाई तत्काल राहतको प्याकेज उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
ज्ञापनपत्रमा भनिएको छ, “बाढीबाट क्षति भएका भौतिक संरचना पुल, शिक्षण संस्था, विद्युत् आदिको तत्काल वैकल्पिक माध्यमबाट र भविष्यमा दीर्घकालीनरुपमा पुनःनिर्माण गर्न र हालसम्म विस्थापित भएका परिवारलाई सुरक्षित स्थानको पहिचान गरी पुनःस्थापना गर्न माग गर्दछौँ ।”
सो पार्टीले अहिले पनि निरन्तररुपमा बाढी गइरहेकाले तत्काल विशेषज्ञको टोली खटाएर बाढीका कारण र अब बाढीले क्षति पु¥याउने स्थानको पहिचान गरीस्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत अनुरोध गरेको छ ।
सोही अवसरमा प्रधानमन्त्री देउवाले राहत र उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष जबराले बाढीको कटानबाट खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण कार्य अगाडि बढाउनुपर्नेमा जोड दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस