• जीवनशैली | Jiwanshaili
  • ऊर्जा मन्त्री भुसाल लिएर प्रचण्ड पुगे मनाङ


    बाढी पहिराले पुर्‍याएको क्षति निरीक्षणका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिवार हिमाली जिल्ला मनाङ गएका छन् ।

    असार १ गतेको बाढी पहिराले क्षति पुर्‍याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरू गएका हुन् । सो टोलीमा पूर्व प्रधानमन्त्री दाहाल, ऊर्जा मन्त्री भुसालसँगै पूर्व मन्त्री द्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतका व्यक्तिहरू छन्। टोलीले मनाङमा बाढी पहिराले क्षति पुर्‍याएका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ ।

    टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

    उनिहरुले भौतिक क्षति पुगेको संरचनाको मर्मत तथा सम्भारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।

    विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ । मर्स्याङ्दी नदीमा आएको बाढी पहिराका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीको सम्बन्धमा छलफल हुने बताइएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस