पत्रकार सिग्देलको ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित
पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित भएको छ । उहाँको यो पाँचौँ कृति हो । कथा, निबन्ध र नियात्रालगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम पत्रकार सिग्देल युवापुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । विसं २०७६ मा मनोनेट कथासङ्ग्रहबाट उहाँले कृति लेखन कार्य शुरु गरेका हुन् ।
मनको कैदी मनको परिधिभित्र लेखिएको कथासङ्ग्रह हो भन्दा फरक पर्दैन । पुस्तकमा सङ्गृहीत १३ वटा कथा सबै नै मनोवैज्ञानिक शैलीका छन् । मान्छेका मनमा उर्लिएका भावना र विचारको मेल नै यो कथा सङ्ग्रहको सार हो । मान्छे नबुझी कथा लेख्न सकिन्न र मान्छे बुझ्न मान्छेको मनमा पस्न सक्नुपर्दछ भन्ने मान्यता राख्ने लेखकले मनको कैदी पुस्तकमा अनौठो प्रयोग गरेका छन् ।
त्यहाँ समेटिएको ‘उर्लंदो समुद्र र भावना’ शीर्षकको कथाको तीन भाग छ, जसलाई नेपाली साहित्यमा अलग्गै प्रयोगका रूपमा लिइएको उहाँका दाबी छ । मान्छेका मनभित्र गुम्सेर रहेका अव्यक्त भावहरु बुझ्ने र बुझाउने प्रयोगात्मक शैली यसमा अपनाइएको छ । उहाँको यसअघि प्रकाशित मनोनेट कथासङ्ग्रह पनि त्यही मनको सिद्धान्तमा आधारित थियो । त्यो किताबले धेरै मान्छेको मन जित्यो । उहाँको यस कृतिमा पनि मनोनेट शैली नै झल्किन्छ तर अर्को रूपमा ।
लेखक भन्नुहुन्छ, “खासमा भन्ने हो भने एउटा लेखकले मान्छेको मनभित्र पसेर लेख्न सक्नुपर्छ । म त्यही शैली अपनाउँछु, जहाँ मान्छेहरुको कथा, व्यथा झल्किन्छ ।” मान्छेको मनभित्र गुम्सिएर रहेका कतिपय भावनाको प्रकटीकरण उहाँकोे लेखाइको मूल पक्ष हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस