नियालेडाँडालाई पर्यटकीय गन्तव्य बनाइनुपर्ने : मन्त्री बराल
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित नियालेडाँडालाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएका छन् ।
कालाबाङ घरेडी पोखरा तमु समाजको आमा समूहद्वारा निर्मित सभाहल शनिबार उद्घाटन गर्दै उहाँले यस क्षेत्रको बृहत विकासमा नियालेडाँडा पनि लाई सँगसँगै अघि बढाउनुपर्ने बताएका हुन् । पुम्दी भुम्दीमा विश्व शान्ति स्तुप र हालै निर्मित विशाल महादेवको मूर्ति पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा कालाबाङ घरेडीदेखि थाप्लेडाँडा (उल्लेरी–ढाँवा)सम्मलाई पनि सोहीरूपमा विकास गर्न बृहत योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
यस क्षेत्रको विकासका लागि छोरेपाटनबाट शान्ति स्तुपा, लुकुन्स्वाँरा, कालाभाङ, काभ्रे र उल्लेरी ढाँवा हुँदै कुभिण्डेसम्मको सडक कालोपत्र गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको र यसमा रू ५५ करोडको लागत अनुमान गरिएको जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस