आठ पक्की पुल निर्माण
सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७७/७८ मा बारा, पर्सा र मकवानपुर जिल्लामा आठ पक्की पुल निर्माण गरेको छ । ती जिल्लाको सवारी वारपार गर्न समस्या भएका स्थानमा पुल निमार्ण गरेर सञ्चालनमा ल्याएको कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिनुभयो । साथै सङ्घीय सरकारअन्तर्गत रहेको उक्त कार्यालयले गत आवमा नै ३२.३६ किलोमिटर सडक कालोपत्र गरेको छ ।
त्यस्तै १९।१० किमी सडक ग्राभेलसमेत गरेकोे छ । साथै ती जिल्लामा कूल ३७.३५ किमी सडक मर्मत गरेको छ । राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत २०.६५ किलोमिटर र रणनीतिक सडक मर्मतसम्भार सडक बोर्डअन्तर्गत १६.७० किलोमिटर सडक मर्मत गरिएको कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले जानकारी दिए । कार्यालयको गत आव २०७७/७८ मा संशोधित बजेट रु एक अर्ब ७० करोड रहेकामा रु एक अर्ब १६ करोड उपरोक्त पूर्वाधार विकास निर्माणमा खर्च भएको उहाँले बताए।
यसैबीच हेटाैँडा उपमहानगरपालिका–६ स्थित शान्तिटोलमा रु १७ लाख लागतमा शान्तिटोल विकास संस्थाका लागि भवन निर्माण गरिएको छ । उपमहानगरपालिको रु सात लाख र विभिन्न सङ्घसंस्था र व्यक्तिका सहयोगमा सो भवन निर्माण भएको संस्थाका अध्यक्ष केशव धितालले जानकारी दिए । भवनमा चार कोठा छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस