• जीवनशैली | Jiwanshaili
  • घामको कारण हात र खुट्टा कालो भएको छ ? यसरी हटाउनुहोस्ः


    घाममा लगातार हिड्नाले, अनुहारमा मात्र नभई हात, घाँटी र खुट्टामा पनि कालो दाग बस्न सक्छ । यो एक सामान्य समस्या हो, तर यदि कुनै उपचार समयमा गरिएन भने बिस्तारै प्रभावित क्षेत्रको छाला धेरै कालो हुन्छ  र नराम्रो देखिन्छ । यद्यपि धेरै महिलाहरु यसको लागी बजारमा उपलब्ध उत्पादनहरुको उपयोग गर्ने गर्दछन्, तर त्यस्ता सामानका रसायनहरु छालाका लागि हानिकारक हुन सक्छन्।

    यस्तो स्थिति मा, तपाइँ आफ्नो घरमा भएका केहि चीजहरुका मद्यतले यस्ता समस्याहरु बाट छुटकारा पाउन सक्नुहुनेछ ।

    दही

    दहीमा ल्याक्टिक एसिड हुन्छ जसले छालामा नमी कायम राख्छ । तपाइँ यसलाई एक क्लिन्जरको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

    यसका लागि २ चम्चा दही र १ चम्चा कागतीको रस मिलाउनुहोस् । यो पेस्ट घामले डढेको ठाँउमा लगाउनुहोस् । २० मिनेटको पछि सफा पानीले धुनुहोस् ।

    गोलभेडा

    गोलभेडामा एक किसिमको ब्लीचिंग गुण हुन्छ, जसले दाग कम गर्नु को साथ साथै छाला उज्यालो बनाउन मद्दत गर्दछ ।

    यसको लागी, गोलभेडाको गुदी २० मिनेटका लागी घामले डढेको ठाँउमा लगाउनुहोस् र केहि समय पछि सफा पानीले धुनुहोस् ।

    कागतीको रस

    एन्टि पिग्मेन्टरी र ‘भिटामिन सी’ले भरपुर भएको कागतीले, छालाका लागि ब्लीचको रूपमा काम गर्दछ । जसले घामले डढेर बसेको कालो दाग हटाउँछ । ध्यान दिनुहोस् कि यसलाई सीधा छालामा लगाउनु हुँदैन ।

    कागतीको रसमा थोरै पानी मिसाउनुहोस् । यसमा कपास भिजाएर घामले डढेको ठाँउमा लगाएर २० मिनेट छोडिदिनुहोस् । त्यसपछि यसलाई सफा पानीले धुनुहोस् । यसलाई नियमित रूपमा प्रयोग गर्नुभयो भने तपाइँले आफ्ना हात खुट्टामा फरक देख्नुहुनेछ ।

    घ्यु कुमारी

    घ्यु कुमारीमा भिटामिन सी, क्यारोटीन हुन्छ, जुन छालाको कोषका लागि फाइदाजनक हुन्छ ।  यसका साथै यसले छाला डढ्ने समस्यालाई पनि कम गर्दछ ।

    यसका लागि २ चम्चा घ्यु कुमारीमा १ चम्चा मह मिसाउनुहोस् । यस मिश्रणलाई १५ मिनेटको लागी डढेको ठाँउमा लगाउनुहोस् र त्यसपछि यसलाई सफा पानीले धुनुहोस् ।

    काक्रो

    काक्रोमा मॉइस्चराइजिंग र बायोएक्टिभ गुण हुन्छ जसले घामले डढेर बसेको दागलाई कम गर्दछ । यसको अतिरिक्त, यसको हाइड्रेटिंग गुणले छालामा नरम बनाएर राख्दछ ।

    १ चम्चा काक्रोको रसमा १ चम्चा एलोवेरा जेल मिलाउनुहोस् । २० मिनेट को लागी घामले डढेको ठाँउमा लगाउनुहोस् । त्यसपछि सफा पानीले धुनुहोस् । यसलाई हप्तामा कम्तीमा २-३ पटक प्रयोग गर्नुहोस् ।


    क्याटेगोरी : हाम्राे स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस


    थप समाचार