नेपालमा थपिए ६५८ कोरोना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,३८१ पीसीआर परीक्षणमा ४०५ र ३,२६२ एन्टीजेन परीक्षणमा २५३ गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोही अवधिमा ४५६ संक्रमणमुक्त भएका छन् । हाल देशभर ४,२९६ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार हाल ४,१३४ होम आइसोलेसन, १६२ संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन् ।
यस्तै एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ४४ हजार ९४० पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, ताजा अपडेट, समुदाय, हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस