गुल्मीको मदानेमा एकिकृत बस्ती
गुल्मी, २६ फागुन
गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीमा एकीकृत बस्ती हस्तान्तरण गरिएको छ । मदाने गाउँपालिकाले निर्माण गरेका १७ घर पूर्वमन्त्री तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण विष्टले हस्तान्तरण गरेका हुन् । घर प्राप्त गर्ने ९५ प्रतिशत घर परिवार दलित छन् ।
सालझण्डी–ढोरपाटन सडक र भूकम्पका कारण बस्ती पहिरोको जोखिममा परेपछि लामो समयदेखि समस्यामा परेका थिए । स्थानीय तह पहिलेदेखिकै समस्या भएपनि कसैले उनीहरुलाई व्यावस्थापनको पहल गरेनन् । सोहि गाउँका शालिक बहादुर कामीले ठूलो पानी परे घर छोडेर विद्यालय वा त्रिपाल टाँगेर बस्नुपर्ने बिगत सम्झिए ।
स्थानीय तहको निर्वाचनपछि मदाने गाउँपालिकाले आफै जग्गा प्राप्त गरेर ९९ लाख ४१ हजारको लागतमा बस्ती निर्माण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिए । उनले गाउँपालिकाका चार स्थानमा एकीकृत बस्ती निर्माणको काम भए पनि गाउँपालिकाले आफ्नै लगानीमा १७ घर निर्माण गरेको बताए । कोभिडको कारण समयमै बस्ती हस्तान्तरणको काम भएको थिएन् ।
गाउँपालिकाले जग्गा खरिदसहित दुई कोठे घर, शौचालय, निशुल्क मिटरबक्स र धाराहरु निर्माण गरेर १७ घरलाई हस्तान्तरण गरेको गाउँपालिका उपप्रमुख सरिता खड्काले जानकारी दिइन् । सिर्सेनीकै काफलपाटा, सिम र खन्युखर्कमा पनि एकिकृत बस्ती निर्माणको काम भइरहेको छ । काफलपाटा, सिम र खन्युखर्कमा पुनर्निर्माण प्राधिकरणबाट एकीकृत बस्ती निर्माणको काम भएको खड्काले बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाल भुसालले अब घरहरुको रेखदेख समुदाय आफैले गर्नुपर्ने बताए । उनले आफ्नो र सरकारले बनाएको दृष्टिकोण राखे बस्तीको संरक्षण नहुने भएकाले ख्याल गर्न स्थानीयलाई आग्रह गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस