जुत्ताको ईतिहास र सर्वाधिक मूल्य पर्ने जुत्ता
टीएन रेग्मी,काठमाण्डाैँ । अनुमान गर्नुहोस्, जुत्ता कहिलेदेखि प्रचलनमा आयो होला ? मानिसले जुत्ता प्रयोग गर्न थालेको ४० हजार वर्ष भइसकेको छ । विश्वास गाह्रो भएपनि सत्य यही हो ।
हिजोआज जुत्ता केवल आवश्यक वस्तु होइन, जसले खुट्टालाई सुरक्षित र न्यानो राखोस् । आधुनिक मानिसहरु जुत्ताको स्टाईल, रङ, आकार, मूल्य आदि कुरामा उत्तिकै ध्यान दिन्छन् । तर, जुत्ता यो अवस्थामा आईपुग्न हजारौं वर्ष लागेको छ ।
रोचक के छ भने जुत्ताको आकार प्रकारमा पछिल्लो दुई शताब्दीमा जत्ति धेरै परिवर्तन त्यसअघि कहिल्यै भएको थिएन ।

ढुंगे युगमै मानिसले जुत्ताको प्रयोग गर्न थालेको अनुसन्धानबाट पुष्टि भइसकेको छ । सुरुवातमा जुत्ता निकै नरम छालाबाट बनाइन्थ्यो । बिस्तारै जुत्तामा अन्य वस्तुहरुको मिश्रण हुन थाल्यो ।
जुत्ता प्रयोग गर्न थालेको निकै लामो समयसम्म पनि पुरुष र महिलाले एकै प्रकारका जुत्ता प्रयोग गर्ने गरेको पाइन्छ । महिला र पुरुषको जुत्ता एकै प्रकारको हुने गरेको भए तापनि त्यतिबेला समेत मान्छेको वर्ग र समाज अनुसार जुत्ताको आकार प्रकार फरक हुने गर्थे । पछिल्ला केही शताब्दी मानिसले प्रयोग गर्ने जुत्ता कालो रङका र छालाबाट बनेका हुन्थे । १८औं शताब्दीदेखि मात्रै जुत्तामा फेब्रिक र सिल्कको प्रयोग भएको हो ।
अठारौं शताब्दीको सुरुदेखि महिला र पुरुषले प्रयोग गर्ने जुत्ताको स्टाइल, कलर, हिल र आकारमा भिन्नता देखिन थाल्यो । यो समय खासगरी कपडाको टप भएका बुटहरु निकै लोकप्रिय भए । र, धेरै किसिमको प्रयोगपछि पुरुषले लगाउने जुत्ताको हिल १ इन्चको मात्रै बनाउने चलन सुरु भयो ।
सन् १८५० सम्म जुत्ताहरु सिधा हुन्थे । दायाँ र बायाँ खुट्टामा लगाउने जुत्तामा केही फरक थिएन । २०औं शताब्दीमा मात्रै दायाँ र बायाँ खुट्टामा लगाउने जुत्ताको डिजाइन फरक बनाउन थालियो । यसले गर्दा खुट्टाको आकार र जुत्ताबीच तालमेल भयो ।
बीसौं शताब्दीको हरेकजसो दशकमा जुत्ताको डिजाइनमा निकै परिवर्तन भयो । जुत्ता बनाउने प्रविधिमा परिवर्तन भयो । यसले जुत्ताको बजार समेत निकै बढ्यो । सन् १९३० को आर्थिक मन्दीको समयमा कालो र खैरो रङका जुत्ताहरुले अमेरिकी बजार कब्जा गरेको पाइन्छ ।
दोस्रो विश्वयुद्धपछिको समयमा पुरुषहरुले लगाउने जुत्ताको ढाँचामा खासै परिवर्तन भएको छैन । तर, यसबीचमा महिलाले लगाउने जुत्तामा नाटकीय परिवर्तन देखिन्छ । पछिल्ला दशकमा महिलाले लगाउने जुत्ताको लुक्स, कम्फर्ट र कलरमा निकै बदलाव आएको छ । हिल निकै साँघुरो र अग्लो हुँदै गएको पाइन्छ । जुत्ताको माध्यमले खुट्टालाई नै स्टाईलिस र फेसनेबल देखाउने ध्याउन्नमा उत्पादकहरु लागेका छन् ।

यसरी हजारौं वर्षदेखि विकसित हुँदै आउने क्रममा अचेल जुत्ताको डिजाइन हरेक र प्रयोजनका आधारमा हुने गरेको छ । विश्वका केही सेलिब्रेटीहरुले कपडा भन्दापनि जुत्ताको फेसनमा बढी ध्यान दिएको पाईन्छ ।

लक्स ह्याबिट्याटले सन् २०१९ को अप्रिलमा प्रकाशन गरेको सूची अनुसार सर्वाधिक मूल्यका जुत्ताहरु यी हुन्-
१)जादा दुवइ एण्ड प्यासन ज्वेलर्स प्यासन डाइमण्ड सुज २३.६ मिलियन डलर

२)डेब्बी विगम हिल्स १५.१ मिलियन
३)सुज थ्राेन एट प्रेसिडेन्ट जर्ज डब्लु बुस १० मिलियन डलर
(इराकी पत्रकार मुन्तदार अल जैदीले अमेरिकी राष्ट्रपतिलाई प्रहार गरेको जुत्ता )
४)ह्यारी विन्सटन रूवि स्लिपर ३ मिलियन डलर
५) सुरत विट्ज म्यान रिता हाइवर्थ हिल्स ३ मिलियन डलर
६) सुरत विट्ज म्यान किन्ड्रेला स्लिपर २ मिलियन डलर
७) तान्जानाइट हिल्स २ मिलियन डलर
८) ज्यासन एरासिवेन कस्टम २ मिलियन डलर
९) रूवि स्टिलेटट्स १.६ मिलियन डलर
१०) प्लाटिनम् गिल्ड स्टिलेटट्स १.०९ मिलियन डलर
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस