यस्ता छन् विश्वका सर्वाधिक मुल्यका पहिरन
वर्तमान विश्वमा पहिरनको प्रयोजन केवल शरीरको सुरक्षामात्रै होइन । हिजोआज पहिरनसँगै व्यक्तित्व,
पहिचान र मुल्यजस्ता विविध पक्षमा ध्यान दिने गरिन्छ । आधुनिक जीवनशैलीमा फेसनबाटै पहिचान बनाउन
चाहनेहरुको पनि कमी छैन । आफ्नो ड्रेस ‘मास्टर पिस’ होस् भनी अपेक्षा राख्ने र सोही अनुरुप खर्च गर्नेहरुको
संख्या दिन प्रतिदिन बढ्दैछ ।
परम्परागतरुपमा चिसो र गर्मीबाट बच्न तथा शरीरको बाहिरी आवरणको सुरक्षाका लागि लुगाफाटोको प्रयोग
हुन थालेको हो । अचेल पहिरनको प्रयोजनबारे मानिसको धारणा बदलिएको छ । आधुनिक समाजमा
पहिरनको डिजाइन र मुल्यलाई यसको सबैभन्दा महत्वपूर्ण पाटोको रुपमा लिने गरिन्छ । पछिल्लो समय
विश्वकै सर्वाधिक महङ्गो मुल्य पर्ने पहिरन यस्ता छन् ।
३० मिलियन डलरको नाइटिङगल क्वाला लम्पुर
नाइटिङगल क्वाला लम्पुर मलेसियन डिजाइनर फैयजली अब्दुल्लाहले डिजाइन गरेको पहिरनको नाम हो ।
यसको मुल्य ३० मिलियन डलर रहेको छ । विश्व प्रख्यात व्यक्तिको डिजाइन र यसमा प्रयोग भएको
मेटेरियलको कारण पहिरनको मुल्य महङ्गो पर्न गएको हो । यो पहिरनमा सिल्क, सिफन, क्रिष्टल र ७५१ पिस
डायमन्ड प्रयोग भएको छ ।

ह्वाइट गोल्ड डायमन्ड ड्रेस
जापानी डिजाइनर युमी कात्सुरा फेसनको दुनियाँमा निकै प्रसिद्ध नाम हो । जापानमात्रै नभएर बेलायत,
फ्रान्स, अमेरिका लगायतका मुलुकमा उनको डिजाइन लोकप्रिय छ । युमीले डिजाइन गरेको सर्वाधिक मुल्यको
पहिरनलाई ह्वाइट गोल्ड डायमन्ड ड्रेस नाम दिइएको छ । यो पहिरनमा डायमन्डमात्रै नभएर १ हजारवटा
पर्लको पनि प्रयोग गरिएको छ । जसको मुल्य ८ दशमलव ५ मिलियन डलर पर्छ ।

विलियम ट्राभेल्ली
सर्वाधिक मुल्यका पहिरनको चर्चा गर्दा हलिउड अभिनेत्री मर्लिन मुनरोले लगाएको पहिरन पनि
उल्लेख हुने गर्दछ । मुनरोले सिनेमामा लगाएको ‘सबवे ड्रेस’ को डिजाइन निकै आकर्षक छ ।
सन् १९५५ मा मुनरोले ‘द सेभेन इयर इच’ शीर्षकको सिनेमामा लगाएको पहिरन सन् २०११ मा
बेभर्ली हिल्स अक्सनमा ५ दशमलव ६ मिलियन डलरमा बिक्री भएको थियो ।

क्रिस्चियन डायर
सर्वाधिक मुल्य तथा आकर्षक डिजाइनका पहिरनको सूचीमा प्रायः समेटिने अर्को नाम हो, क्रिस्चियन
डायर । यो पहिरन सन् १९९७ को ओस्कार अवार्ड सेरेमोनीमा हलिउड अभिनेत्री निकोल किडम्यानले
लगाएकी थिइन् ।

२ मिलियन डलर मुल्य पर्ने उक्त पहिरनको लागि जोन गाल्लीयानोले सर्वाधिक राशिमा कमिसन
लिएका थिए । असामान्य देखिने खालको चम्किलो रङलाई यसको खास विशेषता मानिन्छ ।
पिकक वेडिङ ड्रेस
मयुरजस्तो देखिने गरी डिजाइन गरिएको, १ दशमलव ५ मिलियन डलर मुल्य पर्ने यो ड्रेसलाई पिकक
वेडिङ ड्रेस नाम दिइएको छ । यो पहिरन मयूरका प्वाँखहरुको प्रयोग गरी निकै आकर्षक डिजाइनमा
तयार पारिएको छ । मयूरको प्वाँखको प्रयोगलाई शुभ मान्नेहरुका लागि लक्षित गरी यो पहिरन
तयार गरिएको हो ।

डानाशा गाउन
सन् २०१० को मियामी इन्टरनेसनल फेसन विकका लागि तयार पारिएको डानाशा गाउन मुल्यमा
किर्तिमान राख्ने अर्को एक पहिरन हो । १ दशमलव ५ मिलयन डलर मुल्य पर्ने यो गाउनको डिजाइन
फेसनको दुनियाँमा निकै उदाहरणीय र आकर्षक मानिन्छ ।

केट मिडलटनको वेडिङ ड्रेस
ब्रिटिस युवराज विलियमसँग विवाह गरेकी केट मिडलटनले विवाहमा लगाएको पहिरन मुल्य र
डिजाईन दुवै दृष्टिकोणबाट ‘मास्टर पिस’ मानिन्छ । परम्परागत र आधुनिक दुवैथरी डिजाइनको
कम्बिनेसन रहेको यो पहिरन हातले बुनेर तयार पारिएको हो । यसको मुल्य ३ लाख ८८ हजार डलर
रहेको छ ।

(एजेन्सीको सहयोगमा)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस