मिर्गाैला खराब हुन नदिने के गर्ने
हामीले दैनिक व्यवहारमा सुधार गर्न सक्याै भने मिर्गाैला सुरक्षित राख्न सकिन्छ । मिर्गाैला खराब भएर उपचार गर्नुभन्दा पहिल्यै सचेत हुनु राम्राे ।
मिर्गाैला बचाउनका लागि यस्ता सामान्य हाम्रा बानीमा सुधार गर्न सकिन्छ ।
पर्याप्त पानी पिउने
दिनमा ६–८ गिलास पानी अवश्य पिउनुहोस् । पर्याप्त पानी पिउनाले शरीरका विषादी पिसाब हुँदै निस्कन्छ जसले मृगौला स्वस्थ्य रहन्छ ।
नुन कम गर्ने – खानामा नुनको मात्रा कम गर्नुहोस् । नुनमा सोडियम हुन्छ, जसले रक्तचाप बढाउँछ र मृगौलालाई नोक्सान पुर्याउँछ ।
रक्तचापलाई नियन्त्रणमा राख्ने
मधुमेह तथा रक्तचापलाई नियन्त्रणमा राख्नुहोस् । मधुमेह वा रक्तचापका बिरामीलाई किड्नी खराब हुने सम्भावना बढी हुन्छ ।
मसालेदार खाना कम गर्ने
मसालेदार खाना खान क मगर्ने । बढी तेल, बोसो खानाले मृगौलालाई नराम्रो असर पुर्याउँछ ।
धुम्रपान र मद्यपान नगर्ने
स्मोकिङ, रक्सी वा अन्य नशाले शरीरमा टक्सिन (विष)को मात्रा बढाउँछ, जसले किड्नीलाई नराम्रो प्रभाव पार्छ ।
पिसाब नरोक्नुहोस्
कहिल्यै पनि पिसाबलाई राकेर नराख्नुहोस् । पिसाब रोक्ने बानीले किड्नीमा नराम्रो असर पुग्छ ।
औषधी
कुनै पनि औषधी डाक्टरको सल्लाह बिना नखानुहोस् । प्राय सबै पेनकिलर्स र केही एन्टीबायोटिक्स किड्नीका लागि हानिकारक हुन्छन् ।
मोटोपना
तौललाई नियन्त्रणमा राख्नुहोस् । धेरैजसो मोटो व्यक्तिमा मृगौला खराबीको सम्भावना बढी रहन्छ ।
व्यायाम गर्नुहोस्
नियमित व्यायम तथा योग गर्नुहोस्, यसो गर्नाले शरीरमा रगतको चाप सामान्य रहन्छ र मृगौला पनि स्वस्थ्य रहन्छ ।
नियमित स्वस्थ्य जाँच
यदि तपाईले ३५ बर्ष काटिसक्नुभएको छ भने नियमित स्वास्थ्य जाँच गराउनुहोस् । परिवारमा मधुमेह, रक्तचापको इतिहास छ भने नियमित जाँच आवश्यक हुन्छ ।
क्याटेगोरी : हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस