• जीवनशैली | Jiwanshaili
  • महिनावारीको वेला सहवास गर्नु ठीक की बेठीक?


    महिनावारीको वेला सेक्स गर्नु ठीक हुन्छ कि हुँदैन रु यो कुरा महिला र पुरुष ज्यादै पिरोल्ने विषय हो । धार्मिक परम्परामा त महिनावारीको वेला सेक्स गर्न बर्जित गरिएको छ । तर, वैज्ञानिक अनुसन्धानले के भन्छ त रु आउनुस्, प्रेम र यौनको श्रृंखलामा यस विषयमा जानकारी राखौं ।

    महिलाको योनिबाट महिनामा एक पटक रगत आउने गर्दछ । त्यसलाई हामी महिनावारी भएको भन्छौ । महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू ९हार्मोन०को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ ।
    महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

    महिनावारी हुदा यौन सम्पर्क राख्ने नराख्ने भन्ने कुरा व्यक्तिको इच्छा र निर्णयमा भर पर्छ तर वैज्ञानिक रूपले महिनावारी हुदा यौन सम्पर्क राख्नु सुरक्षित छ र यो कुनै फोहोर चिज पनि होइन । एक स्वस्थ केटीरमहिलासंग महिनावारी भएको बेला यौन सम्पर्क राख्नाले लिङ्गमा कुनै प्रकारको सङ्क्रमण वा एलर्जी हुदैन भने महिलाको पाठेघर वा अन्य यौन अङ्गलाई पनि कुनै असर पर्दैन । तर महिलालाई एचआईभी तथा यौनजन्य सङ्क्रमण भएको छ भने उसको यौन साथीलाई एचआईभी तथा यौनजन्य सङ्क्रमण हुने सम्भावना भने यति वेला अन्य सामान्य अवस्थामा भन्दा धेरै हुन्छ ।
    पहिलो कुरा, महिनावारीको समयमा यदि तपाईको पार्टनररमहिलाको योनीमा पीडा छैन भन्ने सेक्स गर्दा कुनै हानिकारक मानिदैन । यदि तपाईको पार्टनरलाई कुनै आपत्ति छैन भने तपाई कण्डमविना नै सेक्स गर्न सक्नुहुन्छ । यसले कुनै प्रकारको विराम सिर्जना हुँदैन र कुनै शारीरिक विकार पनि उत्पन्न गराउँदैन ।

    महिनावारीको वेला असुरक्षित यौन सम्पर्क ९परिवारनियोजनका साधन प्रयोग नगरी० गरेमा गर्भ रहने सम्भावना धेरै कम हुन्छ किनकि डिम्ब निस्केर शुक्रकीटसंग भेट नभएपछि डिम्ब मात्र पाठेघरमा आउछ र त्यति वेला बाक्लो भइ रहेको पाठेघरको भित्री तहको पनि काम हुदैन । सोही कारण डिम्ब सहित त्यो बाक्लिएको तह रगतका रूपमा बाहिर आउछ । त्यही नै महिनावारी हो ।

    त्यसैले यति वेला शुक्रकीटको मिलन डिम्बसंग नहुने हुनाले गर्भ रहने कुरै हुदैन । तर यदि कसैको महिनावारी छिटो छिटो जस्तैस २० दिनमा नै हुन्छ भने महिनावारी भएको ४ – ५ दिनमा यौन सम्पर्क राख्नाले महिला गर्भवती हुन सक्छे । त्यसैले आफू सुरक्षित हुनका लागि सधै कन्डमको प्रयोग गर्नु निकै आवश्यक छ । यसले गर्भ निरोधकको काम गर्नाका साथै यौनजन्य रोगहरू सर्नबाट पनि जोगाउछ ।
    दोस्रो जान्नै पर्ने कुरा, महिनावारीको समयमा महिलाको योनी अरु वेलाभन्दा गिलोपन हुन्छ, जसले सहवास प्रक्रिया सजिलो पनि गराउँछ । यो कुरा भुल्नै हुँदैन, यदि महिनावारीको समयमा तपाईको महिला पार्टनरमा कुनै प्रकारको इन्फेक्सनको आंशका छ भने तपाईले सेक्स गर्दै नगर्नुस्

    महिनावारी भएको बेलामा सम्भोग गर्न हुन्छ कि हँुदैन भन्ने कुरामा अझै पनि केही भ्रम पाइन्छन् । महिनावारीका बेला सम्भोग गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा बलियो छ । पर सरेको बेला बार्ने या चोखोनितो गर्ने संस्कार भएको समाजमा महिनावारीको समयमा सेक्सलाई वर्जित नै गरिन्छ । तर, महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि हुँदैन । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ ।

    मेडिकल साइन्सका अनुसार महिनावारी भएको बेला सम्भोग गर्दा कुनै हानि हुँदैन । तर, महिलाले अत्यधिक दुखाइ महसुस गरेकी छिन्, रगत धेरै मात्रामा बगेको छ र कुनै संक्रमण भएको छ भने सम्भोग नगर्नु राम्रो हुन्छ । कति पुरुष भने रजस्वला भएको बेला महिलाको योनीमा रगत हुने हुँदा फोहर पनि महसुस गर्छन् । यस बेला सम्भोग गर्न सहज मान्ने, नमान्ने दुवैको चाहनामा भर पर्दछ । यस्तो बेलाको यौन सम्बन्धले आनन्द नआउने कुनै कारण छैन ।

    सामान्यतया महिनावारी भएको बेलामा गरिएको यौन सम्बन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो बेलामा गहन सम्भोग गरियो भने इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन्छ, जसले महिलाको महिनावारीबाट भएको पीडालाई तुरुन्त कम गर्छ । अमेरिकामा हालै गरिएको अनुसन्धानअनुसार महिनावारीको बेला सम्भोग गर्दा महिनावारीको समय पनि कम हुने प्रतिवेदन सार्वजनिक गरेको छ । चरम यौन आनन्दमा महिनावारीको रगत छिटो योनीबाट बाहिर निस्कने हुँदा अरू बेलाको भन्दा महिनावारीको समय छोट्टिने जानकारी दिइएको छ ।


    क्याटेगोरी : हाम्राे स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस


    थप समाचार