साउदी अरेबियामा एकै दिन ८१ जनालाई मृत्युदण्ड
रिहाद, २९ फागुन
साउदी अरेबियाले शनिबार भनेको छ कि उसले विभिन्न आतंकवादसम्बन्धी अपराधहरूमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएको छ । मृत्युदण्ड दिइएको यो संख्या सन् २०२१ दिइएको कुल संख्याभन्दा बढी हो ।
देशको आधिकारिक साउदी प्रेस एजेन्सीका अनुसार मृत्युदण्ड पाउने सबै जना अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट, अल—कायदा, हुथी र अन्य अतिवादी संगठनमा आबद्ध रहेका थिए । उनीहरुले महत्वपूर्ण स्थानमा आक्रमणको षडयन्त्र गरेको र देशमा हतियार ओसारपसार गरेको सरकारले दाबी गरेको छ ।
यसैबीच, मुक्त ब्लगर र मानवअधिकार कार्यकर्ता राइफ बदावीलाई १० वर्षको यात्रा प्रतिबन्ध लगाइएको छ । ब्लगर वदाबी विश्वभर स्वतन्त्रता र अभिव्यक्तिको प्रतीक बनेका छन् ।
इस्लाम धर्म अपमान गरेको अभियोगमा ३८ वर्षीय बदाबीलाई सन् २०१२ मा पक्राउपछि जेल चलान गरिएको थियो ।
गृहमन्त्रालयका एक अधिकारीको भनाई उदृत गर्दै एएफपीले लेखेको छ, ‘ राइफलाई १० वर्षको जेल सजाय सुनाइएको थियो र त्यसपछि सोही अवधिको लागि यात्रा प्रतिबन्ध लगाइएको थियो । अदालतको फैसला अन्तिम हुन्छ ।’
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस