पर्यटकीय क्षेत्र काठै काठका घर
रसुवाको तामाङ सम्पदा मार्गमा पर्ने थुमन गाउँमा जस्ताको छाना, काठैकाठ र सिसा प्रयोग गरेर बनाइएका घर देख्न सकिन्छ । स्थानीय मौलिक परम्पराका घरहरू अब एक दुई मात्र देखिन्छन् । भूकम्पअघि यस गाउँमा ढुंगाको गारो र स्थानीय भाषामा ‘पाङलिङ’ भनिने काठको फलेकका छाना थिए । भूकम्पपछिको पुनर्निर्माणसँगै गाउँको पुरानो संरचना फेरिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका एकको थुमन गाउँ तामाङ समुदायको बसोबास भएकाले सांस्कृतिक रूपमा समेत धनी छ । चाडपर्वमा बौद्ध धर्मावलम्बीले टाँग्ने रंगीविरंगी झन्डा, लुङदरले थुमनको सौन्दर्य अझ बढाएको छ । स्थानीयले पुरानै तामाङ शैलीमा घर निर्माण नगरे पनि अहिलेको घरमा इँटा, ढुंगा र सिमेन्टको प्रयोग भने गरेका छैनन् । हिमाली क्षेत्रमा धेरै चिसो हुने हुनाले पहिले देखिनै काठको घर बनाउने चलन रहि आएको हुँदा सहरबाट निर्माण सामग्री ल्याएर घर बनाउन धेरै खर्चिलो पनि हुने तर गाउँ नजिकैको सामुदायिक वनबाट कर तिर्दा काठ सस्तो पर्ने हुनाले काठको घर बनाएको स्थानीयको भनाइ छ । पुनर्निर्माण सँगै थुमन गाउँ भूकम्प भन्दा अगाडिकै अवस्थामा पुगेको छ । हिमाली गाँउमा चिसो हावापानी तामाङ जातीको कला र संस्कृति, रहनसहन लगायत हिमश्रृखलाको दृष्यावलोकन गर्न पाईने भएकैले पनि आन्तरिक तथा बाह्य पर्यटक आउने आषामा पछिल्लो समय पर्यटन ब्यवसायी र स्थानीयबासी रहेका छन् ।

क्याटेगोरी : पर्यटन, फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस