• जीवनशैली | Jiwanshaili
  • गाडी भाडा बढाउने तयारी


    सरकारले लामो दुरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी गरेको छ ।

    स्वचालित रुपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको हो । इन्धनको मूल्य वृद्धि हुँदा सवारी भाडा पनि बढ्ने र इन्धनको मूल्य घट्दा भाडा पनि घट्ने गरी स्वचालित भाडादर लागू गर्न विभागको प्रस्ताव छ ।

    यसअनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ तलमाथि हुनासाथ सार्वजनिक यातायातको भाडादरमा परिवर्तन हुने छ ।

    यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस