विश्व खेलकुद दिवसमा लुम्बिनीमा वाकाथुन
नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवसका दिन बुधवार वाकाथुन, द्विप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ ।
विश्व भर अप्रिल ६ (चैत्र २३)का दिन विकाश र शान्तिको लागी अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदैछ । यसै क्रममा बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यक्रम आयोजना हुन गैरहेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिब सुजन लाल श्रेष्ठले जानकारी दिए ।
लुम्बिनीमा वाकाथुन, द्विप प्रज्वलन साथै लुम्बिनी स्थित बिभिन्न स्वदेशी तथा बिदेशी बिहारका भिक्षुहरुको उपस्थितीमा विश्व शान्तिका लागी प्रार्थना गरीने कार्यक्रम रहेको श्रेष्ठले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसी, प्रदेशका खेलकुद मन्त्री वसिउद्धिन खान, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, लुम्बिनी बिकाश कोषका उपाध्यक्ष भिक्षु मेत्ता समेत सहभागी हुनेछन् । मुख्यमन्त्रीले बिश्व शान्ति द्धिप रहेको स्थानबाट बेलुन उडाएर वाकाथुन कार्यक्रम सुरु गर्ने र वाकाथुन मायादेवी मन्दिर परीसरमा सम्पन्न हुनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस