• जीवनशैली | Jiwanshaili
  • नुनको सेवनले इम्यूनिटी कमजोर, दिनमा कति खान आवश्यक


    कतिपयलाई नुन धेरै खादा स्वास्थ्यमा नराम्रो असर पर्छ भन्ने थाहा हुन्छ । तर केही मानिसहरुले भने खानामा धेरै नुनको प्रयोग गर्न रुचाउँछन् । यो उनीहरुको बानी नै भइसकेको हुन्छ । नुन धेरै खादा पनि शरीरमा विभिन्न खाले रोग लाग्ने सम्भावना बढी हुन्छ ।

    केही समय अघि मात्र गरिएको एउटा अनुसन्धानमा यो तथ्य फेला परेको छ की धेरै नुनको सेवनले मानिसमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाइ दिन्छ । हाम्रो भान्क्षामा सोडियमको धेरै प्रयोग हुने गर्छ । धेरै नुनको सेवनले मानिसमा रक्तचाप बढाउँछ । जसलाई हाइपरटेन्शनको रुपले पनि चिनिन्छ। उच्च रक्तचापले शरीरमा अक्सिजनको प्रवाहमा समेत कमी आउने गर्छ ।

    शोधकर्ता क्रिश्चियन कुर्ट्सले भनेका छन् कि धेरै नुनको सेवनले इम्युन सिस्टम अर्थात् रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिलाई कमजोर बनाइदिन्छ । उक्त शोधमा सोडियम क्लोराइडले मानव शरीरको इम्युन सिस्टममा नकारात्मक प्रभाव भएको पाइएको छ ।

    एक दिनमा कति नुन खानुपर्छ ?

    डब्ल्यूएचओका अनुसार एक वयस्कले एक दिनमा ५ ग्राम भन्दा बढी नुनको सेवन गर्नु हुँदैन । विश्वभरका शोधकर्ता र नीति निर्माताहरुले उच्च रक्तचापलाई नियन्त्रण गर्न नुनको सेवनलाई कम गर्न दबाव दिन्छन् । अमेरीकी हार्ट एसोसिएशनका अनुसार हरेक व्यक्तिले दिनभरमा २३०० मिलीग्राम मात्र नुनको सेवन गर्नु पर्छ ।

    यो मात्रा धेरै नुन खान रुचाउनेहरुको लागि हो । तर पनि हरेक दिन १५०० मिलीग्राम भन्दा बढी नुनको सेवनलाई स्वास्थ्यका लागि भने राम्रो मानिदैन । यसका बावजुद हामी यस्ता कुरालाई बेवास्ता गर्छौ र उच्च रक्तचापको शिकार बन्न पुग्छौं ।


    क्याटेगोरी : फिचर

    प्रतिक्रिया दिनुहोस


    थप समाचार