मिस उर्लाबारी २०२२ को उपाधि दियाले जितिन्
नेपाल आईस मिस उर्लाबारी २०२२ को तेस्रो संस्करणको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छन् ।
सोमबार साँझ होटल ग्रान्डमा सम्पन्न फाइनल राउण्डमा प्रमुख निर्णायक भिषण राईले सोधेको प्रश्नको उत्तरमा ‘आगामी स्थानीय निर्वाचनमा महिला सशक्तीकरण, रोजगारी र शिक्षा प्रदान गर्न पहल गर्न सुझाव दिनुपर्छ’ भन्ने सटिक उत्तर दिँदै उनले टप ५ बाट मिस उर्लाबारीको ताज पहिरिएकी हुन् ।
उनले नेपालआइस मिस उर्लाबारी २०२२ उपाधिसँगै नगद पचास हजार तथा ट्रफी प्राप्त गरिन् ।
त्यस्तै उर्लाबारीकी ज्वाला लिम्बू फस्ट रनर अप भइन भने सेकेन्ड रनरअप उर्लाबारीकी अंकिता कटवाल भइन्।
उनीहरूले क्रमशः नगद तीस हजार र बीस हजार रुपैयाँ प्राप्त गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस