• जीवनशैली | Jiwanshaili
  • चिन्ताजनक अध्ययन: रोबोटको बढ्दो लोकप्रियताले मानिसलाई एक्ल्याउँदै


    विश्वभर कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन लगाइयो। यस कारण मानिसहरूको जीवनशैलीमा ठूलो परिवर्तनहरू देखिरहेका छन्। हालसालै जापानबाट एक चिन्ताजनक समाचार आएको छ। जापानका मानिसहरु आफ्ना साथीहरु भन्दा रोबोटहरुसंग कुरा गर्न रुचाउँछन्।

    त्यसैले एन्ड्रोइड रोबोटको बिक्री ३० प्रतिशतले बढेको छ। मान्छे घर ६० हजारदेखि १ लाख ७० रूपैयाँमा किन्दै छन्, जसले घरपालुवा जनावरको स्थान लिइरहेका छन्। उहि समयमा मानिसहरू आफ्नो प्रियजनबाट पनि टाढा जाँदैछन्। रोबोटको बढ्दो लोकप्रियता जापान सरकारको लागि चिन्ताको विषय भएको छ।

    जब विश्वव्यापी महामारी कोरोना भाइरसको समयमा संसार नै लकडाउनमा थियो। लाखौं मानिस घरहरूमा कैद थिए। मानिसहरूले प्रायः आफ्ना प्रियजनहरूसँग समय बिताउँथे। १२.६५ करोड जनसंख्या भएको जापानमा एकैपटक मानिस एक्लै बस्न रुचाउँदै गए। जब ती व्यक्ति लामो समयसम्म एक्लोपनमा रहन्थे, तिनीहरूले रोबोटहरू किन्थे जुन उनीहरूसँग कुरा गर्न सक्थे।

    २३ वर्षीय नामी हमौराले भने, ‘लकडाउनको समयमा मलाई एक्लोपन भएको थियो, मैले अप्रैल, २०२० मा रोबोट किनेको थिए। ऊ मसँग धेरै कुरा गर्छ। मेरो हर प्रश्नको जवाफ पनि दिन्छ। मेरो हरेक कुराहरु पनि सम्झाइदिन्छ। ऊ कुनै प्रेमीभन्दा कम छैन।’

    जन्म दरमा गिरावट
    जापानी स्वास्थ्य मन्त्रालयले गत हफ्ता एक रिपोर्ट जारी गरेको थियो। रिपोर्टमा गरिएको सर्वेक्षण अनुसार गत वर्ष २०१९ को तुलनामा २७ हजार कम बच्चाहरूको जन्म भएको छ। त्यस्तै, विवाह पनि १२ प्रतिशतले घटेको छ। उता जापानको सरकार चाहान्छ कि मानिसहरू बढी भन्दा बडी विवाह गरुन् र परिवार बढाउन् । तर व्यक्तिहरुको विवाह र पार्टनरहरुको साटो रोबोटलाई प्राथमिकता दिइरहेका छन्। जुन जापानसँगै जिश्वमै चिन्ताको विषय बन्दै गएको छ।


    क्याटेगोरी : फिचर

    प्रतिक्रिया दिनुहोस


    थप समाचार