यी हुन एक सेकेन्डमा संसारमा हुने अनौठो कार्यहरू
समय गतिशील छ । प्रत्येक क्षणमा केही न केही घटनाहरू भइरहेका हुन्छ । तर हामीले एक सेकेन्डमा के के होला भनेर अनुमान लगाउन निक्कै कठिन हुन्छ । आज हामी एक सेकेन्डमा संसारमा के के महत्त्वपूर्ण काम हुन्छ भनेर चर्चा गर्न गइरहेका छौ ।
हामीले बिताउने एक सेकेन्डमा विल गेट्सले २४००० रुपैयाँ कमाउने गर्दछन् भने कोकाकोलाको १० हजार ४५० क्यान पिइने गरिन्छ। प्रत्येक सेकेन्ड दुई जनाको मृत्यु हुने गर्दछ भने पाँच जना यस धर्तीमा जन्म लिने गर्दछन् ।
अन्टार्टीका महादेशमा प्रत्येक सेकेन्ड ५ हजार टन बराबरको बरफ पग्लने गर्दछ । हरेक दुई सालमा सगरमाथा को उचाइ जतिको पानी पग्लिने गर्दछ ।
यस्तै करीब तीन हजार पाँच सय हवाईजहाज हरेक समय आकाशमा हुन्छ भने ६ लाख मानिस हरू आकाश र धर्ती बिचमा उडिरहेको हुन्छन् । यस्तै एक सेकेन्डमा २ जोडीले विवाह गर्दछन् भने २५ हजार ले यौन उत्तेजनाको चरम बिन्दु अनुभूति गर्ने गर्दछन् ।
महिलाहरूले एक सेकेन्डमा ६० लिपिष्टीक दलेर खाली गर्ने गर्दछन् भने संसारभरमा २०० ग्यालन रक्सीको खपत गर्ने गर्दछन् । ४५ नयाँ स्मार्ट फोन बेचिन्छ भने चार लाख गुगलमा सर्च गर्ने गरिन्छ छ घण्टाको युटुयुवबाट भिडियो डाउनलोड गर्ने गरिन्छ ।
एक सेकेन्डमा १ करोड ६० लाख लिटर पानी बाफ बन्ने गर्दछ भने ४१ टन फोहोर उत्पादन हुने गर्दछ ।
क्याटेगोरी : फिचर
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक







प्रतिक्रिया दिनुहोस