वासनालाई कसरी नियन्त्रणमा राख्ने
जिन्दगीमा हरेक मानिस सफल बन्ने चाहना राख्दछन् । जिन्दगीमा कुनै गल्ती नहोस् या कुनै पाप कार्य नहोस् हरेकको चाहना हुन्छ । तर मानिस हरू कहीँ न कहीँ चुक्ने गर्दछन् । किन हामी कामको ध्यान बाट बाहिर हुन्छौँ । हाम्रो दिमाग लाई किन नियन्त्रण गर्न सकिरहेका हुँदैनौ ।
के हो वासना ?
लक्ष्य अभिव्यक्ति बाहिरको कुनै इच्छा, बिचार तथा चाहना वासना हो । यही वासनाले हामीलाई हाम्रो लक्ष्य पुग्न बाधक बनाइरहेका हुन्छन् । वासनालाई हामी केवल यौन सँग जोडेर हेर्ने गर्दछौँ । तर यसको अर्थलाई यतीले मात्रै पुष्टि गर्न मिल्दैन । हामीलाई महँगो गाडीको इच्छा भयो, कुनै स्त्री सँग सम्बन्ध बनाउनु पर्यो , वासना यस्तो आगो हो कि जसमा जति घिउ थप्यो तीनै झन् आगो बढ्दै जान्छ । जस्तो चिलाएको ठाउँमा शरीरमा जति कन्यायो घट्नुको सट्टा झन् बढी चिलाउँछ । यौनको इच्छा जति पुरा गर्यो त्यति नै इच्छा घट्नुको सट्टा बढ्दै जान्छ । यस्तै कुलतको इच्छा पुरा गर्न धूम्रपान वा मद्यपान जति गर्यो त्येतिनै त्यसको इच्छा बढ्दै जान्छ न कि कम हुन्छ । कुनै कामनाको रूपमा आउने यस्ता वासनाले जिन्दगीमा आफ्नो लक्ष्यबाट ध्यान भड्काइरहेको हुन्छ ।

कहाँ हुन्छ वासना?
वासना मानिसको मन बुद्धि,वा ज्ञानेन्द्रीय बाट आउँछ । जसको लागि यी तीन चिजको शुद्धीकरण गर्नु आवश्यक हुन्छ । न कि यसको औचित्यको पुष्टि गर्नु । यो जति बढ्छ त्यति नै मानिसलाई मोहित गर्दछ र दिमागको ढकन बन्द गराउँदछ। भनिन्छन् जति ढक्कन ठुलो उतीनै व्यापार सानो ।
कसरी नियन्त्रण गर्ने ?
वासनाको श्रोत भनेको ज्ञानेन्द्रिय हो । आँखा, नाक, कान,जिब्रो र छालाको नियमन गर्नुहोस् । यी नै यस्तो चीज हो जसले तपाईँलाई यति कुकर्म गराउँदछ कि तपाईँको ज्ञान र विज्ञान दुवैको नष्ट गरिदिन्छ । जो मानिस बर्बाद हुन्छ । जो मानिस आफ्नो लक्ष्यबाट पछि हट्छ जो फोकसबाट पछि हट्छ उसको कारण नै यही वासना हो ।
हामीले जप के गछौँ । के सुन्छौँ के सुनाउँछौ, कुन किताब पढ्छौ कुन टिभी सो हेर्छौँ । हाम्रा कस्ता सहयोगी छन् । कस्ता साथी छन् । कुन मुभी हेछौँ । कस्तो गीत सुन्छौँ । को सँग उठबस गर्दछौँ यो नै सबै भन्दा महत्त्वपूर्ण कुरा हो । यस कारण यी ज्ञानेन्द्रीय हरूको नियमन गर्यौ भने हामी हाम्रो लक्ष्य बाट विमुख हुन पर्दैन ।
जब म पानी पिउँछु तब म पानी नै पिइरहेको हुन्छु । यसबाट हामीले के बुझ्नु आवश्यक छ की हामी जे गरी रहेका छौँ या जे लक्ष्य छ त्यो प्राप्तिका लागि जुन कार्य गर्नुपर्ने हो त्यही नै गर्नुपर्छ या गरी रहनु पर्छ । जुन समयमा जे गर्नु पर्ने हो त्यही नै गर्नु पर्छ न कि अन्य कुनै चीज । यस कारण यी पाँच ज्ञानेन्द्रीयलाई हाम्रो लक्ष्य प्राप्ति गर्ने कार्य गर्ने तर्फ नै कार्य गराउनु पर्छ ।
क्याटेगोरी : फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस