आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदै
आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ । आज पुल्चोकबाट रथ तान्न सुरु गरिनेछ । रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाउने गरिन्छ ।
रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राको रुपमा मानिन्छ । रथयात्राले गर्दा ललितपुर जिल्लामा चल्ने सवारी साधन ठप्प हुने गरेको छ । विशेषगरी रथयात्राको पहिलो दिन हात्तिवन, लगनखेल र जावालाखेलबाट रत्नपार्क जाने/आउने सवारी साधनलाई असर पार्ने गरेको छ । रातो मच्छिन्द्रनाथ काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् । अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौं नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ ।
क्याटेगोरी : पर्वशैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस