कैलालीमा झुण्डिएर ३ जनाले आत्महत्या गरे
कैलालीमा झुण्डिएर ३ जनाले आत्महत्या गरेका छन् । मंगलबार भजनी नगरपालिका र धनगढी उप महानगरपालिकामा ३ जना झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–१ गौनिया बस्ने आशा देवी चौधरी स्थानिय पशुपति सामुदायिक बनमा रुइनाको रुपमा दोपट्टाको पासो लगाएर झुण्डिएकी छिन् । उनको शव पोष्टमार्टमका लागी टिकापुर अस्पतालमा राखिएको छ ।
भजनी नगरपालिका–८ मोहनापुर बस्ने ७५ वर्षीया काली चौधरी थरुनीले आफ्नै घरमा प्लास्टिकको डोरीमा पासो लागेर आत्महत्या गरेकी छिन् । उनको शव पनि टिकापुर अस्पतालमा राखिएको छ । त्यस्तै धनगढी उपमहानगरपालिका–७ देवरीया बस्ने नम्रता चौधरीले पनि पङ्खाको सिलीङमा दोपट्टाले पासो लगाएर आत्महत्या गरेकी छिन् । १६ वर्षीया नम्रताको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।
क्याटेगोरी : गाँउघर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस