• जीवनशैली | Jiwanshaili
  • पहिरोले पुरिएर सिन्धुपाल्चोकमा युवकको मृत्यु


    सिन्धुपाल्चोक, १५ भदौ

    सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-४ पिस्कर गाउँका पहिरोमा पुरिएर एक युवकको ज्यान गएको छ ।

    मामाघर पुगेर फर्किएका १७ वर्षीय अमित थामीको भुसुन डोलको खोलाले निम्त्याएको पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दिउँसो पहिरोले पुरिएलगत्तै स्थानीयले उद्धार सुरु गरेका थिए । मृतक थामीको एक हात काटिएको अवस्थामा पहिरोबाट शव निकालिएको प्रहरीको भनाइ छ । थामी स्थानीय मंगलमाई माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत थिए ।


    क्याटेगोरी : गाँउघर, ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस