पहिरोले पुरिएर सिन्धुपाल्चोकमा युवकको मृत्यु
file photo
सिन्धुपाल्चोक, १५ भदौ
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-४ पिस्कर गाउँका पहिरोमा पुरिएर एक युवकको ज्यान गएको छ ।
मामाघर पुगेर फर्किएका १७ वर्षीय अमित थामीको भुसुन डोलको खोलाले निम्त्याएको पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो पहिरोले पुरिएलगत्तै स्थानीयले उद्धार सुरु गरेका थिए । मृतक थामीको एक हात काटिएको अवस्थामा पहिरोबाट शव निकालिएको प्रहरीको भनाइ छ । थामी स्थानीय मंगलमाई माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत थिए ।
क्याटेगोरी : गाँउघर, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस