आज जितिया पर्व मनाइँदै

काठमाडौं । थारु समुदायले आज जितिया पर्व मनाउँदै छन् ।
थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो । थारु समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।
काठमाडौं । थारु समुदायले आज जितिया पर्व मनाउँदै छन् ।थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो । थारु समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाउने परम्परा छ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वी महिलाहरुले मनाउने तिज जस्तै थारु समुदायमा पनि जितिया पर्वलाई अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ ।व्रतालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै व्रतालुहरु जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रही आएको छ ।
क्याटेगोरी : गाँउघर, चाडपर्व विशेष, ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस