चट्याङ लागेर २ सय ५० भेडाबाख्राकाे ज्यान गयाे
दार्चुलाको दुँहु गाउँपालिकामा चट्याङले बाख्रा पालक कृषकहरूको ठूलो क्षति भएको छ । मंगलबार बेलुकी परेको चट्याङले दुँहु गाउँपालिका वडा नम्बर ५ को काङर बनक्षेत्रमा चरिचरनका लागि लगिएका भेडाबाख्रा सोतर भएका हुन् ।
दुँहु गाउँपालिकाका स्थानीय जमन सिंह कार्की, जमन सिंह बडाल, दीपक सिंह बडाल र जयलाल बडाल गरी चार जना स्थानीयका २ सय ५० जति भेडाबाख्रा मरेको भेडा पालक किसान कार्कीले बताए ।
भेडा बाख्रा मरेको खबर प्रहरी चौकी ब्रहमदेवमा गरेपछि घटनामा भएको क्षति जाँचबुझ गर्न प्रहरीको टोली आज बिहान १० बजेतिर घटनास्थल तिर गएको छ । चट्याङ परेको वनक्षेत्र दुँहु पालिकाको केन्द्र हिकिलाबाट झण्डै ८ किलोमिटरको दूरीमा पर्छ । चट्याङले एकैपटक यति ठूलो क्षति भएपछि बाख्रापालक किसान चिन्तित बनेका छन् ।
‘सबै काम थाती राखेर बाख्रामा लगानी गरियो । तर, आज यति ठूलो क्षति भयो । अब के गर्ने ? कहाँ जाने ? सम्झिँदा पनि मन भक्कानिन्छ ?,’ अर्का बाख्रापालक किसान जमन बडालले भने ।
घटनाको जानकारी दुँहु गाउँपालिका कृषि शाखा र गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीलाई गराएको र क्षतिको अध्ययन गरी बाख्रापालन व्यवसाय सञ्चालन गर्न सो अनुसारको क्षतिपूर्ति सहयोग रकम उपलब्ध गराइदिन अनुरोध गरिएको पीडित किसान कार्कीले बताएका छन् ।
क्याटेगोरी : गाँउघर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस