के हो केरलाका ८० प्रतिशत बालबालिका प्रभावित भएको टमाटर फ्लू भाइरस ?
नयाँ दिल्ली, २८ वैशाख
दक्षिणी भारतीय राज्य केरलाका धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस फेला परेको छ । सिगेला ब्याक्टेरियाको कारणले गर्दा फुड पोइजोनिङका घटना बढिरहेका बेला धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस फेला परेको हो ।
दुर्लभ भाइरल रोगका कारण केरलाका पाँच वर्षमुनिका ८० प्रतिशत बालबालिका प्रभावित भएका छन् । केरलाको एउटा जिल्लामा टमाटर फ्लू फैलिएपछि त्यसविरुद्ध लड्न तमिलनाडु र केरलाको सीमामा रहेको वालेरमा चिकित्सकहरूको टोलीले ज्वरो, दाग र अन्य रोग जाँच गर्ने भएको छ ।
के हो टमाटर फ्लू ?
टमाटर फ्लूका कारण दाग, छालाको जलन र डिहाइड्रेसन हुन्छ । टमाटर फ्लू भारतमा सबैभन्दा गलत निदान गरिएको संक्रमण हो । फ्लूको नाम टमाटरको आकारको छाला उत्पन्न हुने रोगबाट भएको हो ।
लक्षणहरू
बालबालिकाको छालामा जलन, बिमिरा आउनु, हात र खुट्टामा रातो दाग देखिनु यस रोगका लक्षण हुन । त्यस्तै भाइरस लागेका बालबालिकामा ज्वरो आउने, निर्जलीकरण हुने, खोकी तथा चिसो महसुस हुने र पखाला लाग्ने यसका लक्षण हुन् ।
क्याटेगोरी : हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- २ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
- ८ आज भानु जयन्ती
प्रतिक्रिया दिनुहोस