कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्न समस्या
हेमन्त केसी
जाजरकोट,२८ वैशाख
समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम र डोल्पाका किसानले मकै राेप्न पाएका छैनन् ।
यहाँका किसान आकाशे पानीकाे भरमा खेती गर्दै आएका छन् ।
काठमाडाैं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्ताे वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेकाे छैन ।
नलगाड-८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै राेपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलाे भएकाे बताए ।
यहाँका किसानले धानकाे बीउ राख्न सुरु गरे पनि सिंचाइकाे अभाव रहेकाे छ । वर्षा हुन नसकेकाे र सिंचाइकाे सुविधा नभएकाले धानकाे बीउ राख्न पनि समस्या भइरहेकाे उनले बताए
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस