जलवायु परिवर्तन र पानीमा हुने खेलले समुद्री कछुवा जोखिममाः अध्ययन
न्युयोर्क, ३ जेठ
जलवायु परिवर्तन र पानीमा हुने खेलले समुद्री कछुवा जोखिममा परेको एउटा नयाँ अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ एक्सेटरले गरेको सो अध्ययनअनुसार दशाैँ हजार कुछुवा हरेक वर्ष मरिरहेका छन् ।
अनुसन्धानको क्रममा वैज्ञानिकहरूले केन्या, सोमालिया, मोजाम्बिक, दक्षिण अफ्रिका र तान्जानियाको तटमा विगत ५७ वर्षदेखि समुद्री कछुवाहरूबारे समीक्षा गरेका थिए ।
अध्ययनका लेखक तथा एक्सेटरको पेनरिन क्याम्पसमा इकोलोजी तथा संरक्षण केन्द्रका पीएचडी विद्यार्थी क्यास्पर भ्यान डे गिरले अफ्रिकी पूर्वीतटमा कछुवाहरूले अण्डादेखि वयस्कसम्म धेरै खतरा सामना गरेका बताए ।
‘हाम्रो उद्देश्य यी कछुवाहरूको बारेमा अहिले जानकारीमा आएका सबै कुरालाई एकै ठाउँमा ल्याउने र यो द्रुत रूपमा विकास भइरहेको क्षेत्रमा तिनीहरूलाई अझ राम्रोसँग सुरक्षा गर्ने अवसरहरू पहिचान गर्नु थियो’, उनले भने ।
अध्ययन इन्डेन्जर्ड स्पाइसेज रिसर्चमा प्रकाशित छ ।
क्याटेगोरी : खोज/विशेष, फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस