• जीवनशैली | Jiwanshaili
  • उदयपुरमा नातीद्वारा हजुरआमाको हत्या


    उदयपुर, १२ जेठ

    उदयपुरको कटारीमा नातिले हजुर आमाको हत्या गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका-७ रिस्कुस्थित नातिले हजुरआमाको घाँटी रेटी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

    हजुरआमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्दिन हजुरआमालाई दबाब दिएको र हजुरआमाले नमानेपछि बिहीबार बिहान खुकुरी प्रहार गरी हत्या गरेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।

    घर जग्गाको विषयमा विवाद भएपछि स्थानीय २६ वर्षीय रोहित दनुवारले आफ्नी ६० वर्षीया हजुरआमा मनमाया दनुवारलाई खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

    नाति रोहितलाई प्रहरीले पक्रिएर इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीको टोलीले रोहितलाई जंगलमा लुकेर बसेको अवस्थामा फेला पारी ल्याएका हुन् ।


    क्याटेगोरी : गाँउघर

    प्रतिक्रिया दिनुहोस