सुर्तीजन्य पदार्थका कारण बार्षिक २७ हजार बढीको मृत्यु
हेटौंडा, १७ जेठ
नेपालमा सुर्तीजन्य पदार्थका बार्षिक २७ हजार भन्दा बढी सर्वसाधारणले ज्यान गुमाउने गरेको जानकारी दिइएको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
सुर्तीजन्य पदार्थका कारण विश्वमा बार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क प्रश्तुत गर्दै डा. शम्भु काफ्लेले सन् २०३० सम्ममा ६ मध्ये एकजनाको मृत्यु सुर्तीजन्य पदार्थ सेवनको कारण हुनसक्ने जानकारी गराएका हुन् । मानिसलाई लाग्ने मुटुरोगको २८ प्रतिशत कारण धुम्रपान नै भएको उनले बताए । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले मनले चाहेमा धुम्रपानको लत छोड्न सकिने बताए ।
पछिल्लो समय धेरै युवाहरुमा धुम्रपानमा लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । कार्यक्रममा वरिष्ठ स्वास्थ्य प्रशासक राजेन्द्रकुमार झाले सुर्तीजन्य पदार्थको कारण धेरैले अकालमै ज्यान गुमाइरहेको भन्दै सर्वसाधारणमा सचेतना फैलानु आवश्यक रहेको बताए ।
विश्व धुम्रपानरहित दिवसको अवसरमा मंगलबार बिहान स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्यतामा बुद्धचोकबाट प्रभातफेरी कार्यक्रमसहित जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
क्याटेगोरी : हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस